पर्यटन नीति बनाउन सरकारसँग व्यवसायीहरुको माग « Khabarhub

पर्यटन नीति बनाउन सरकारसँग व्यवसायीहरुको माग


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटन व्यवसायीले पर्यटन नीति बनाउन सरकारसँग माग गरेका छन् ।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २१औं वार्षिक साधारण सभामा बोल्दै व्यवसायीले तिनै तहको सरकारले नीति बनाउन माग गरेका छन्।

पर्यटन क्षेत्रको विकास गर्ने गरी राज्यको स्पष्ट पर्यटन नीति नभएकाले पर्यटन व्यवसाय सञ्चालनमा समस्या भएको व्यवसायीले गुनासो गरेका छन् ।

कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसाय कोरोना संक्रमण घट्दै गएपछि केही सहज हुन थालेको बेला देशको अस्थिर राजनीतिले पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीले बताएका छन् ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी तथा होटेल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले राज्यको स्पष्ट पर्यटन नीति नभएकै कारण पर्यटन क्षेत्र फस्टाउन नसकेको बताए ।

पर्यटन व्यवसायी गोपाल रानाले पर्यटन क्षेत्रको विकासका लागि राज्यले चासो दिनुपर्ने बताए ।

कार्यक्रममा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डे, सिद्धार्थ होटेल व्यवसायी संगठनका अध्यक्ष पीताम्बर न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईलगायतले पर्यटन व्यवसायको पुनरुत्थानका लागि पुनरकर्जाको भुक्तानीको समयावधि पाँच वर्ष पुर्‍याउन माग गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : २३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित