एमालेलाई हराउनकै लागि गठबन्धन गरिएको उपमहासचिव ज्ञवालीको आरोप « Khabarhub

एमालेलाई हराउनकै लागि गठबन्धन गरिएको उपमहासचिव ज्ञवालीको आरोप


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीपले राष्ट्र निर्माण र विकासका लागि नभई एमालेलाई हराउनकै लागि गठबन्धन गरिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले गुल्मी रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको युवा विद्यार्थी सम्पर्क मञ्च बृहत अगुवा कार्यकर्ता भेलामा बोल्दै ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनलाई सामान्य ढङ्गले लिन नहुने बताए। उनले नेकपा एमालेले राष्ट्रको हित,विकास,नेपाली जनताको सम्बृद्धिका लागी अगुवाई गरेको बताउदै अहिलेको निर्वाचन देश बनाउने र देशलाई खाडल तिर हाल्ने शक्ति बीचको लडाई भएको तर्क गरे।

पूर्व मन्त्री ज्ञवालीले परमादेशले बनाएको गठबन्धन सरकारले निर्वाचन गर्न नै नचाहेको जिकिर गर्दै बाध्य भएर निर्वाचनको मिति तोकेको उनको जिकिर छ । उपमहासचिव ज्ञवालीले देशको सम्वृद्धि,विकास,नेपाली जनताको हकहित,नेपाली युवाहरुलाई रोजगारी गराउने काम एमालेले मात्रै गर्ने भन्दै सभ्य र समतामूलक समाज निर्माण गर्न एमालेले मत मागिरहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्ट देशमा परिवर्तन ल्याउन युवाहरुको महत्त्वपूर्ण भूमिका रहेको भन्दै युवाहरुलाई देश विकास र समाज रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ४६ बजे

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति