मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने « Khabarhub

मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु–  मुगुका २८ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

मुगुमा २८ हजार ७ सय ८३ बालबालिका र विद्यार्थीलाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सरकारले राष्ट्रिय अभियानकै रूपमा देशभर चैत २५ देखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको  हाे ।

मुगुमा १ सय ५८ वटा विद्यालयमा जम्मा २१ हजार १ सय १६ विद्यार्थी र ७ हजार ६ सय ६७ विद्यालय बाहिरका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका बालबालिकालाई खोप दिन लागिएको शुक्रबार भएको अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा टाइफाइडविरुद्धको थपेर अब देखि नियमित खोप दिइने छ ।  र बाँकी स्वास्थ्य संस्थाहरू गरी जिल्ला भर १७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले जानकारी दिए ।

छायाँनाथ रारा नगरपालिकामा १० हजार, ३ सय ३४, मुगुम कार्मारोङ्ग गाउँपालिकामा २ हजार ८७,सोरु गाउँपालिकामा ८ हजार १ सय ९८  र खत्याड गाउँपालिकामा ८ हजार १ सय ६४ जना बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने जनाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : ५७ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा