मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने « Khabarhub

मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु–  मुगुका २८ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

मुगुमा २८ हजार ७ सय ८३ बालबालिका र विद्यार्थीलाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सरकारले राष्ट्रिय अभियानकै रूपमा देशभर चैत २५ देखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको  हाे ।

मुगुमा १ सय ५८ वटा विद्यालयमा जम्मा २१ हजार १ सय १६ विद्यार्थी र ७ हजार ६ सय ६७ विद्यालय बाहिरका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका बालबालिकालाई खोप दिन लागिएको शुक्रबार भएको अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा टाइफाइडविरुद्धको थपेर अब देखि नियमित खोप दिइने छ ।  र बाँकी स्वास्थ्य संस्थाहरू गरी जिल्ला भर १७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले जानकारी दिए ।

छायाँनाथ रारा नगरपालिकामा १० हजार, ३ सय ३४, मुगुम कार्मारोङ्ग गाउँपालिकामा २ हजार ८७,सोरु गाउँपालिकामा ८ हजार १ सय ९८  र खत्याड गाउँपालिकामा ८ हजार १ सय ६४ जना बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने जनाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : ५७ बजे

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय