हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसको दाबी « Khabarhub

हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसको दाबी


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसको सशस्त्र सेनाले शनिबार उच्च मिसाइलसहित १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको प्रहारमा रकेट तथा तोपखाना भण्डार गर्न प्रयोग हुने एउटा गोदामलाई नष्ट गरेको दाबी गरेको छ ।

हवाई हमलामा २ सयभन्दा बढी युक्रेनी फौज मारिएको र २३ ओटा बख्तरबन्द बहानहरु ध्वस्त पारेको एउटा अनलाईन पोस्टमा रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ । हमलाबारे युक्रेनी पक्षले कुनै टिप्प्णी गरेको छैन।

अनलाईन पोस्टमा ओडेसा विमानस्थलमा भएको हमलाको कुनै उल्लेख गरेको छैन । विमानस्थललाई लक्षित गरी रुसले मिसाइल प्रहार गरेको स्थानीय स्थानीय गभर्नरले बताएका छन् । हमलापछि धावनमार्ग अबरुद्ध भएको छ ।

२४ फेब्रुवरीदेखि गरेको रुसी हमलामा लाखौँ युक्रेनी विस्थापित भएका छन् ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनबाट १० लाख मानिसहरूलाई उद्धार गरिएको दाबी गरेका छन् । हमलापछि बिचल्लीमा परेका आफ्ना नागरिकहरूलाई उनीहरूको इच्छाविपरीत सीमापारि लगेको आरोप युक्रेनले बारम्बार लगाउने गरेको छ । रुसले उद्धार गरेको भनिकामध्ये १ लाख मानिस दोनेत्स्क र लुहान्स्क गणतन्त्रका बासिन्दा छन्।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : ४२ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय