श्रमिकका अधिकार सुनिश्चित हुनुपर्छ : प्रदेश प्रमुख शेरचन « Khabarhub

श्रमिकका अधिकार सुनिश्चित हुनुपर्छ : प्रदेश प्रमुख शेरचन


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस दिवसले आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा लिएको बताए । उनले गणतन्त्र स्थापनामा श्रमिक वर्गले पुर्‍याएको योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरे ।

‘नेपाली श्रमिक वर्गले आफैँले लडेर ल्याएको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रमको अधिकारका साथै उचित पारिश्रमिक सुविधा सुनिश्चित गरेको छ । तर व्यावहारिक कार्यान्वयन नभइरहेको स्थितिमा श्रमिकलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबैखाले श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यान जानेछ भन्ने विश्वास लिएको छु’, उनले भने ।

नेपालको संविधानमा प्रत्याभूत गरिएका सामाजिक सुरक्षा कोषको स्थापना, ट्रेड युनियन खोल्न पाउने अधिकार, स्वास्थ्योपचार, दुर्घटना बीमाजस्ता आम श्रमिक मजदुरहरूको हितमा जारी कार्यक्रम यथाशक्य चाँडो कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

विद्यमान श्रम सम्बन्ध र शोषणका रूप आर्थिक, सांस्कृतिक क्षेत्रमा आज पनि सामन्तवादका अवशेषहरुद्वारा शोषण र उत्पीडन कायमै रहेको जनाउँदै उनले त्यसको उन्मूलन आजको आवश्यकता भएको उल्लेख गरे । ‘यसका लागि राज्यबाट देशभित्रै अधिकतम स्वरोजगारीका अवसर सिर्जना गर्नु र श्रमिकमैत्री नियम, कानुन निर्माण गर्नु र कार्यान्वयन गर्नु आजको आवश्यकता हो भन्ने मैले ठानेको छु’, शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ३८ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय