सातै प्रदेशमा खुला सभा गर्नेबारे जानकारी दिँदै कांग्रेस « Khabarhub

सातै प्रदेशमा खुला सभा गर्नेबारे जानकारी दिँदै कांग्रेस


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी समितिले यही २१ वैशाखदेखि २७ वैशाखसम्म आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिले सातै प्रदेशमा खुला सभा आयोजना गर्ने भएको छ ।

समितिले २१ गते प्रदेश १ को मोरङ, २२ गते मधेस प्रदेशको धनुषा, २३ गते बाग्मती प्रदेशको काठमाडौँ, २४ गते गण्डकी प्रदेशको कास्की, २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, २६ गते कर्णाली प्रदेशको सुर्खेत र २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुला सभा गर्ने निर्णय शनिबार गरेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : २८ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा