श्रमिक अधिकार कार्यान्वयन गर्नुपर्नेमा मुख्यमन्त्री शाहीको जोड « Khabarhub

श्रमिक अधिकार कार्यान्वयन गर्नुपर्नेमा मुख्यमन्त्री शाहीको जोड


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

श्रमजीवीहरुले सङ्घर्ष गरेर स्थापित गरेको दिन मे १ अर्थात ११३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश, विदेश तथा कर्णालीवासी सम्पूर्ण श्रमिक वर्गलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले श्रमिकको महत्वपूर्ण योगदानले आजको व्यवस्था आइपुगेको बताए ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भने, “मुलुकको प्रगति र उन्नतिका लागि निरन्तर कर्म क्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकप्रति उच्च सम्मान प्रकट गर्दछु । श्रमिकको अधिकार सुनिश्चित् गर्न र सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्दछ ।” यद्यपि नेपालको संविधानको मौलिक हकमा श्रम र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको उनले सन्देशमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री शाहीले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतका श्रम अधिकार सार्थकरुपमा प्रयोग गर्न सक्ने प्रेरणा श्रमिक दिवसबाट मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ४१ बजे

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य