कुरुवा भोला  « Khabarhub

कुरुवा भोला 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता भोलाराज सापकोटा थियटर हुँदै फिल्ममा उदाएका कलाकार हुन् । आफ्नो भूमिकालाई जीवन्त बनाउने भोलाले अभिनय गरेको साइकोलजिकल थ्रिलर फिल्म ‘षट्कोण’ मा कुरुवाको भूमिका निर्वाह गरेका छन् ।

 ‘घर कुर्ने कुरुवाको भूमिका फिल्ममा निर्वाह गरेको छु । यो क्यारेक्टरलाई मैले पहिले देखि देख्दै आएको थिएँ । म सानो छँदा कुरुवा बस्ने समेत गरेको थिएँ’ भोलाले भने । मकवानपुरस्थित हेटौडामा हुर्किएका भोलाले सानो छँदा खेतमा बाली हेरचाहका लागि कुरुवा बस्ने गरेको बताए । 

‘बाल्यकालमा उत्पादन भएका खाद्यान्न घर नल्याइएको अवस्थामा खेतमा कुर्न गएको छु । त्यो समयमा नत अहिले जस्तो मोबाइल थिए , नत मनोरञ्जनका अन्य उपाय । कहिले एक्लै कहिले साथीहरूसँग कुरुवा बसेका धेरै अनुभव छन्’ भोलाले भने । 

पछिल्लो समय एकपछि अर्को फिल्ममा अभिनय गरिरहेका भोलाले फिल्ममा थियटर झैँ काम गर्ने शैली नभएको बताए । ‘हामीले थियटरमा काम गर्ने शैली भिन्न छ । त्यहाँ स्टेजमा झाडु कुचो लगाउने देखि अनेक काम गर्नु पर्छ । यद्यपि फिल्मको वर्किङ कल्चर फरक छ’ भोलाले भने । फिल्मसँग प्रसस्त बजेट हुने भएकाले थियटरको शैलीमा फिल्म बनाए अझै राम्रो बन्न सक्ने उनको बुझाइ छ । 

‘हामीले थियटरमा सीमित स्रोतसाधनमा काम गरिरहेका हुन्छौँ । त्यो मेहनत फिल्ममा पनि गर्छौँयद्यपि फिल्म युनिटले हामीलाई त्यसरी नै तयारी गर्नु पर्छ । हामी मेहनत गर्न तयार छौँ’ उनले भने । अभिनेता कार्मले पनि थियटरमा काम गर्दा अट्याच हुने बताए । ‘त्यहाँ स्टेज बनाउने देखि दुई वा तीन महिना वर्कसप हुन्छ । तर, फिल्ममा त्यसको कमै पाउने गरेको छु’ उनले भने । आफू थियटर झैँ फिल्ममा समय दिन तयार रहेको समेत उनले बताए ।’हामीलाई थियटरमा काम गर्दा आनन्द आउँछ त्यो सत्य हो । त्यहाँ सीमित स्रोत साधनमा त हामीले मेहनत गर्छौँ भने फिल्ममा नगर्ने कुरा नै छैन’ उनले भने । उनले थियटरको एउटा प्लेमा गर्ने मेहनतमा फिल्मको लागि कमै पाउने गरेको अनुभव साटे । 

अभिनेता भोलाले पनि फिल्ममा अनुशासन कम भएको होकी ? भन्ने विचार राखे । ‘थियटरमा हामीलाई कडा अनुशासन हुन्छ । समयमा पुग्ने, एउटा डिपार्ट हेर्ने र आफ्नो अभिनय गर्ने’ भोलाले भने । कार्म झैँ भोलाले पनि फिल्ममा थियटरको जस्तो मेहनत गर्ने गरेको कमै पाएका रहेछन् । ‘फिल्ममा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँहि राखेको छु । 

कथा अनुसार फिल्मलाई तयार गर्ने कोसिस गरेको छु’ निर्देशक मिलन डी काप्रीले भने। क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म यही बैशाख २३ गतेदेखि रिलिज हुनेछ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन रहेको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ४९ बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र