श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि « Khabarhub

श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । श्रीलंकामा  एन्टिबायोटिक्स, पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि गरिएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय चरम आर्थिक संकटका कारण श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ । त्यहाँ औषधि आपूर्तिका लागि विदेशमा नै निर्भर हुनुपर्ने बाध्यता रहेको बताइएको छ । यो ६ हप्ताको अवधिमा दोस्रो वृद्धि हो ।

यसअघि सरकारले खाद्यान्न र औषधिहरूसहित केही आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । ‘यो सरकारले स्वेच्छाले गरेको निर्णय होइन’, श्रीलंकाका सञ्चारमन्त्री नालाका गोदाहेवाले बीबीसीलाई बताए ।

श्रीलंकाली रुपैयाँको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको उनले बताए । मूल्य वृद्धि नगरे गम्भीर अभाव हुन सक्ने समेत उनको चेतावनी छ । 

यता औषधि अभावका कारण तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

‘अवस्था निकै खराब छ । कहिलेकाहीँ एन्टिबायोटिकहरू पाँच दिनको लागि निर्धारित गरिन्छ । तर, अहिले मेरा ग्राहकले दुई तीन दिनको लागि मात्र एन्टिबायोटिक मागिरहेका छन्’, कोलम्बोमा फार्मेसी चलाउने रुचिरा हेवावासमले बीबीसीलाई भनिन् । 

उच्च मूल्य तिर्न इच्छुक र सक्षम भएकाहरूका लागि पनि केही औषधिहरूको आपूर्ति कम भएकोमा केही चिन्तित रहेको जनाइएको छ ।

मध्य रत्नपुरा जिल्लामा बस्ने वेलुपिल्लई विग्नेश्वरन विगत एक वर्षदेखि गम्भीर न्युरोलोजिकल डिसअर्डरबाट पीडित आफ्नी बहिनीका लागि औषधिको ट्याब्लेट खोजिरहेको बताउछन् । 

‘हामीले धेरै फार्मेसीहरू खोज्यौँ तर औषधिहरू उपलब्ध छैनन् । डाक्टरहरूले हामीलाई फरक औषधि नखान सल्लाह दिएका छन् । हामी हाम्रा साथीहरूमार्फत भारतबाट औषधि ल्याउँदै छौँ,’ उनले भने ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ३८ बजे

सहयोगापेक्षीको व्यवस्थापन गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने

‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या : थप तीनजालाई समात्यो प्रहरीले

काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटारमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो

ईश्वरी हत्याकाण्ड : डिभोर्सको अन्तिम चरणमा सम्पत्ति बाँडफाँटमा असन्तुष्टि

काठमाडौं– कुमार थापा मगरले ईश्वरी भुजेलसँग सानै उमेरमा प्रेम बिवाह

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौं– नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा