स्थानीय तह स्वायत्त हुन सकेन : मुख्य निर्वाचन अधिकृत « Khabarhub

स्थानीय तह स्वायत्त हुन सकेन : मुख्य निर्वाचन अधिकृत


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले स्थानीय तहको निर्वाचन स्वायत्त हुन नसकेको बताएका छन् । 

सञ्चारिका समूह मकवानपुरले आइतबार आयोजना गरेको पत्रकार महिलालाई अभिमुखीकरणमा श्रेष्ठले अझै पनि स्थानीय तहको निर्वाचनमा केन्द्रको भर पर्नु परेको बताए । स्थानीय तह आफैँमा एउटा सरकार भएकाले स्थानीय तह आफैँले निर्वाचन गराउनु पर्नेमा अहिले पनि केन्द्रकै भर पर्नु परेको उनको भनाइ छ । निर्वाचनको मिति नजिकिँदै गर्दा सबै दल तथा सर्वसाधारणले आचारसंहिता पालना गर्नुपर्नेमा उनले जोड दिए । 

‘सबैबाट सबैका लागि आचार संहिता पालना गर्नुपर्छ,’ उनले भने निर्वाचन भनेको समाज रूपान्तरणको प्रकृया हो, मतदान गर्दा सबैले विचार पुर्‍याउन जरुरी छ ।’

निर्वाचनमा खटिने कर्मचारीहरूको व्यवस्थापन भइरहेको पनि उनले जानकारी गराए । अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट र सञ्चारिका समूह बागमती प्रदेशकी अध्यक्ष सरिता दाहालले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : १२ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना