चौदण्डीगढी नगरपालिकामा एमालेको निर्विरोध कार्यपालिका गठन  « Khabarhub

चौदण्डीगढी नगरपालिकामा एमालेको निर्विरोध कार्यपालिका गठन 


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिकामा ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचनसमेत सम्पन्न भएको छ । नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका गठन गरेको छ ।

नगर कार्यपालिका सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता र मंगलबार निर्वाचनको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको थियो ।

अन्य दलबाट मनोनयन दर्ता नभएपछि एमालेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत महेश दाहालले जानकारी दिए ।

चौदण्डीगढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूमा दलित वा अल्पसंख्यक सदस्य पदमा उदयराज भुजेल, माधव सार्की र जयकुमार राई, महिला सदस्यमा स्मृति तोलाङ्गी ‘सुयल’, तिलावती राई, सुष्मा राई, जानकीदेवी चौधरी र शान्तीदेवी चौधरी रहेका छन् ।

उनीहरूलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

निर्वाचित भएका नगर कार्यपालिका सदस्यहरूलाई प्रमाणपत्रसमेत हस्तान्तरण गर्दै नगर प्रमुख कालुमान लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, वडा अध्यक्ष, सदस्य, एमालेका नेता, कार्यकताहरूको उपस्थिति रहेको थियो ।

निर्वाचित कार्यपालिका सदस्यहरूलाई शुभकामना दिँदै नगर प्रमुख लामाले सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यहरूले योजना छनोट सर्वदलीय छलफलमार्फत गर्न आग्रह गरे ।

चौदण्डीगढी नगरपालिकालाई समृद्ध बनाउने दायित्व जनप्रतिनिधिहरूको काँधमा आएकाले उक्त दायित्व पूरा गर्न सबै पक्षलाई समेट्नुपर्ने लामाले धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ९ : ३३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु