कुमारी बैंकको “केविएल डिवेन्चर २०८९” डिवेन्चर सम्बन्धी सम्झौता « Khabarhub

कुमारी बैंकको “केविएल डिवेन्चर २०८९” डिवेन्चर सम्बन्धी सम्झौता


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको “केविएल डिवेन्चर २०८९”ऋणपत्र बिक्रीका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको  छ ।

 बिक्री प्रबन्धक मा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिबेन्चर प्रतिकित्ता अंकित मूल्य रु १००० को दरले तीस लाख कित्ता गरी तीन अर्ब बराबरको ऋणपत्र बैंकले निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको हो । सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापक नवीनमुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै उच्चतम् ब्याजदर दिने मध्येमा सो ऋणपत्र पर्दछ । वर्तमान वित्तिय बजारमा उच्चतम् प्रतिफल सहितको यस ऋणपत्र बाट खरिदकर्ताहरूले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैङ्किङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : ०५ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६