मेलम्चीको पानी बन्द भए पनि वैकल्पिक श्रोतबाट राजधानीबासीलाई पानी : मन्त्री चौधरी « Khabarhub

मेलम्चीको पानी बन्द भए पनि वैकल्पिक श्रोतबाट राजधानीबासीलाई पानी : मन्त्री चौधरी


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन् । खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ स्थानान्तरण गर्ने काम बन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए ।

‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केही दिन भित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ । अर्बौँको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाइभर्सन स्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावको आधारमा मेलम्चीको पानी हाललाई बन्द गरिएको छ’, मन्त्री चौधरीले भने ।

उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी वितरण गरिएकोमा त्यो बन्द भएपछि विकल्पका रुपमा बागमतीबाट दैनिक ६ करोड लिटर पानी थप गरिने र नपुग ७ करोड लिटर पानी भूमिगत स्रोतबाट पूर्ति गरिने बताए ।

वर्षायाम समाप्त हुनेबित्तिकै मेलम्चीको पानी पुनः काठमाडौंमा वितरण गरिने भन्दै मन्त्री चौधरीले आयोजनाको सुरक्षाको लागि सुरुङको ढोका बन्द गर्दा आमउपभोक्तामा पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेका छन् ।

उनले भने, ‘मेलम्चीको पानी पुन पथान्तरण गर्नको लागि दीर्घकालीन रुपमा मर्मत गरी दिगो रुपमा पानी आपूर्ति गर्न एसियाली विकास बैंकको सहयोगमा तयार भएको अध्ययन प्रतिवेदनको आधारमा वर्षायाम सकिने बित्तिकै कार्यान्वयन गरिने छ ।’

काठमाडौंको पानीको समस्यालाई दिगो रुपमा समाधान गर्न सरकारले याङ्ग्री, लार्के, सिस्नेरी, ठोस्ने खोला, महादेव खोला लगायतका सम्भाव्य सबै स्रोतबाट पानी उपलब्ध गराउन कार्यक्रमहरू क्रमश कार्यान्वयन गर्दै लाने मन्त्री चौधरीले बताए ।

आयोजनाले मंगलबार आयोजनाको सुरुङ डाइभर्सनको १ नम्बर ढोका बन्द गरेको थियो भने बुधबार १८ नम्बर ढोका बन्द गरेको छ ।
मन्त्री चौधरीले गत वर्ष मेलम्ची नदीमा आएको बाढी पहिरोबाट क्षतिग्रस्त सडक निर्माण, नदि नियन्त्रण र पहिरो नियन्त्रणका लागि सडक विभाग र सिँचाई विभागलाई बजेट व्यवस्था गरे बमोजिम हाल तीब्र गतिमा काम भइरहेको जनाए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : १२ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था