नाराको केन्द्रीय अध्यक्षमा शिव अधिकारी निर्वाचित « Khabarhub

नाराको केन्द्रीय अध्यक्षमा शिव अधिकारी निर्वाचित


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जलयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् । । नाराको सम्पन्न ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रममा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारी एडरिफ्ट एडभेञ्चरका सञ्चालकसमेत हुन् ।

उपाध्यक्षमा रेन्बो एडभेञ्चरका सञ्चालक शिशिर खनाल, महासचिवमा रक रिभरसाइड रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ, सचिवमा नेपाल रिभर रनरका सञ्चालक राजु खड्का, कोषाध्यक्षमा नेक्सस हिमालयन रिभरका सञ्चालक राजेन्द्र थपलिया र सहकोषाध्यक्षमा स्वीसा ¥याफ्टिङका सञ्चालक इन्दुदेवी वाग्ले निर्वाचित भएका निर्वाचन अधिकृत सूर्यप्रसाद जोशीले जानकारी दिए ।

कार्यसमिति सदस्यमा रिभर बे एण्ड ¥याफ्टिङका सञ्चालक महेन्द्र श्रेष्ठ र तमोर रिभर एडभेञ्चरका सञ्चालक मदन ढकाल निर्वाचित भएका हुन् । नारामा निवर्तमान अध्यक्ष र पोखरा शाखाका अध्यक्ष स्वतः पदेन सदस्य हुने व्यवस्था रहेको छ । यस्तै एक जनालाई अध्यक्षले पछि मनोनीत गर्ने नाराले जनाएको छ । नाराको वर्तमान कार्यसमितिको कार्यकाल दुई वर्ष हुने व्यवस्था रहेको छ । रासस

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ९ : ५९ बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०