उदयपुर अस्पतालमा फोहोर व्यवस्थापन भवन निमार्ण गरिँदै « Khabarhub

उदयपुर अस्पतालमा फोहोर व्यवस्थापन भवन निमार्ण गरिँदै


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्ला अस्पताल उदयपुरमा फोहोरमैला व्यवस्थापनका लागि भवन निर्माण गर्न लागिएको छ ।

अस्पतालमा मेडिकलजन्य फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुन थालेपछि भवनको निमार्ण गर्न लागिएको हो ।

जिल्ला अस्पताल परिसरमा फोहरमैला व्यवस्थापन भवन निर्माण कार्य भईरहेको छ । ५० बेडको अस्पताल भएपनि मेडिकल फोहोरको व्यवस्थापन नहुँदा अस्पताल प्रशासनले दुखको साथ फोहरमैला व्यवस्थापन गर्दै आएको थियो ।

मेडिकलजन्य फोहोरहरुको व्यवस्थापन गर्नका लागि दियालो निर्माण सेवा त्रियुगा नगरपालिका–११ ले भवन बनाउने जिम्मा पाएको छ ।

असार १५ गते सम्म निर्माण सम्पन्न गर्ने गरि करिब ३१ लाख ९६ हजार लागत स्टमेटमा बोलपत्र आव्हान गरिएकोमा २० लाख ४० हजारमा बोलपत्र स्वीकृत भएको अस्पतालका सूचना अधिकारी बृखबहादुर खत्रीले बताए ।

सूचना अधिकारी खत्रीका अनुसार विद्युतिय माध्यमबाट बोलपत्र आव्हान गरिदा अस्पताललाई करिब ३६ प्रतिशत रकम बचत भएको छ । माघ ३ गते बोलपत्र आव्हान गरिएको र बोलपत्रको सम्पूर्ण प्रक्रिया पुरा गरेर चैत १० मा निर्माण कम्पनीसँग निर्माण सम्झौता भएको अस्पतालले जनाएको छ ।

सरकारले ८ बर्ष अघि नै स्वास्थ्य सेवा फोहोर व्यवस्थापन निर्देशिका २०७१ जारी गरि अस्पतालजन्य फोहोरको व्यवस्थापन गर्ने स्पष्ट गाईडलाईन तोकेको छ ।

निर्देशिका अनुसार काम गर्नु पर्ने भएपनि जिल्ला अस्पताल बाहेकका उदयपुर जिल्ला भित्र संचालित निजी अस्पतालहरुले सरकारको मापदण्ड अनुरुप फोहोर ब्यवस्थापन गर्नु पर्नेमा फोहोरलाई जथाभाबी बिसर्जन गर्ने गरेका छन ।

अस्पतालको स्वीकृति लिंदा मेडिकल फोहोरको व्यवस्थापन गर्ने जिम्मेवारी स्विकार्ने तर अन्य फोहोर सरह मेडिकल फोहोर नगरपालिकाको फोहोर फाल्ने गाडीमा फाल्ने गरिएको छ ।

अस्पतालबाट उत्पादन हुने फोहोरहरु विषाक्त हुने हुदाँ वातावरण र मानव स्वास्थ्यलाई गम्भिर असर पर्ने भएकाले जिल्ला अस्पतालको जस्तै अन्य निजी अस्पतालहरुले समेत फोहर व्यवस्थापन गर्नु जरुरी छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १० : ४७ बजे

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज