२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा  | Khabarhub Khabarhub

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा 


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट जमुनाहा नाका हुँदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२  भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान २५० बोरी अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जीवनलाल बूढा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालको कमाण्डको संयुक्त टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सो कन्टेनरमा २५ किलोको २५० बोरा अफिम सिड (पोष्टर दाना) नियन्त्रणमा लिएको हो । सीमा प्रहरी कार्यालय जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालका अनुसार नियन्त्रणमा लिएको गाडीको चेकजाँचको क्रममा बन्द बडीभित्र फल्स बटम बनाई लोड गरिएको २५० बोरा सेतो धुलो जस्तो देखिने पदार्थ फेलापरेको बताए । 

‘सूचनाको आधारमा भारततर्फ जाने गाडिमाथि कडा निगरानी राखेको अवस्थामा आरजे ०९ जिबि ४५४२ नं.को बन्दबडीको ट्रक आएको चेकजाँचको क्रममा ड्राइभर गाडीको चाबी छाडेर भागेपछि ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा सो माल बरामद भएको हो’, उनले भने ।  पोष्टर दाना अफिमको बिउ रहेको र यो लागू औषधको रुपमा नभए पनि बजार मूल्य २५ केजीको प्रति बोराको करिब ५० हजार पर्ने बताइएको छ ।  

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : २५ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको