औषधि (तेस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित « Khabarhub

औषधि (तेस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाबाट ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।

औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद डा वेदुराम भुसाल र संयुक्त संशोधनकर्तामध्येबाट प्रकाश पन्थले नेपालमा खोप तथा औषधिको आपतकालीन प्रयोग गर्न दिने विषय विधेयकमा रहेकाले ‘क्लिनिकल ट्रायल’ क्रममा कुनै व्यक्तिको शारीरिक तथा मानसिकरूपमा नकारात्मक असर गरेमा, अंगभंग भएमा वा मृत्यु भएमा क्षतिपूर्ति दिने विषय समेटिनुपर्ने बताए । 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै संंयुक्त संशोधनकर्तामध्येबाट सांसद पन्थले एम्बुलेन्स र शववहानको सुरक्षासम्बन्धी विषयलाई पनि विधेयकमा समेट्नुपर्ने बताए । सांसद डा भुसालले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नभई सम्बन्धित जिल्ला अदालतलाई दिइनुपर्ने बताए । 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  २ : ०१ बजे

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती