ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमण, १८ जनाको मृत्यु « Khabarhub

ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमण, १८ जनाको मृत्यु


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा मिसाइल प्रहार गरेसँगै १८ जना मानिसको मृत्यु भएको छ । ओडेसाको सेरहियिभका गाँउमा बिहीबार राति भएको मिसाइल आक्रमणका कारण १८ जानले ज्याने गुमाएको र ३० जना घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डीएसएनएसका अनुसार सेरहियिभमा बिहीबार राति १० बजे मिसाइल आक्रमण भएको हो । 

गाँउको रिक्रिएसन सेन्टरमा भएको अर्को मिसाइल आक्रमणका कारण २ जनाको मृत्यु भएको छ । विगत केही दिनमा रुसले यूक्रेनका सहरहरुमा दर्जनौँ मिसाइल प्रहार गरिसकेको छ । डीएसएनएसले सार्वजनिक गरेको भिडियो फुटेजमा क्षतिग्रस्त ९ तले भवनमा आगो नियन्त्रकहरू उद्धारमा खटिरहेको देखिन्छ । रुसी युद्धविमानबाट कृष्ण सागरमा मिसाइल प्रक्षेपण गरिएको ओडेसा क्षेत्रीय प्रशासन प्रवक्ता सेरी ब्राचुकले जानकारी गराए ।

 राति गरिएको आक्रमणमा सोभियत–एरा एक्स–२२ प्रहार गरिएको प्रवक्ता ब्राचुकले आशंका गरेका छन् । मोस्कोले भने सो विषयमा कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : ०० बजे

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले