सानिमा बैंक अब काठमाडौँको नेपालटारमा « Khabarhub

सानिमा बैंक अब काठमाडौँको नेपालटारमा


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंक लिमिटेडले आज शुक्रबार तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवर्दक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरे । 

समुद्घाटन समारोहमा ब्रान्ड प्रवर्दक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका सञ्चालक गायत्री थापाले काठमाण्डौको नेपालटारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरूलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरेका थिए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटिएम सञ्चालनमा रहेका छन् । 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ५ : ५० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका