झापाको एक विद्यालय भवन सेनाद्वारा निर्माण | Khabarhub Khabarhub

झापाको एक विद्यालय भवन सेनाद्वारा निर्माण


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ ।

सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली सेनाका पूर्वी पृतनापति सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हालै हस्तान्तरण गरे।

सो अवसरमा पृतनापति खड्काले सेना र जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउन विद्यालय भवन निर्माण गरिएको बताए ।

सभाकक्ष, कक्षाकोठा र शौचालयसहितको भवन निर्माणका लागि रु ३५ लाख बजेट उपलब्ध गराए पनि रु ३२ लाख १८ हजार आठ सय ५५ मा ठेक्का लागेर भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीले जानकारी दिए ।

भवन हस्तान्तरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले विद्यालय भवनले ग्रामीण क्षेत्रको शिक्षाका विकासमा टेवा पुग्ने बताए।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ५३ बजे

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको

नेपालमा पहिलो पटक एआई आचारसंहिता जारी   

काठमाडौं– नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी

बङ्गलादेशमा विमान दुर्घटना : मर्नेको सङ्ख्या २० पुग्यो

ढाका – बङ्गलादेशमा भएको विमान दुर्घटनामा मर्नेको सङ्ख्या २० पुगेको

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा संसदीय समितिका बैठक