राष्ट्रिय परिचयपत्र बनाउने बढे रसुवामा « Khabarhub

राष्ट्रिय परिचयपत्र बनाउने बढे रसुवामा


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा -हिमाली जिल्ला रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो । जिल्लाका करिब ४२ हजार बालिग नागरिकमध्ये १० हजार एक सय ८४ राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

परिचयपत्रको कार्ड भने एक सय ५९ लाई मात्र वितरण भएको कार्यालयको भनाइ छ । विवरण भरिसकेका अधिकांश नागरिकको ‘कार्ड’ भने राष्ट्रिय परिचयपत्र विभागबाट प्राप्त गर्न बाँकी रहेको बताइएको छ । कम्प्युटर अभिलेखमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक भएका कारण सेवा प्रवाह चुस्त भएको हो ।

यस्तै जिल्लामा राहदानी लिनेको सङ्ख्या पनि बर्सेनि बढ्न थालेको छ । गत आर्थिक वर्षमा एक हजार सात सय ६८ जनाले राहदानी लिएका थिए ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विगत वर्षमा राहदानी लिनेको सङ्ख्या पाँच सय ५३ रहेका थिए । कार्य सम्पादनको क्रममा ‘इन्टरनेट सिस्टम’ एवं विद्युत् सेवा अधिकांश समय अवरुद्ध भइरहने समस्याका कारण हिमाली क्षेत्र, भौगोलिक विकटतालाई मध्यनजर राख्दै अतिरिक्त समय सेवा प्रवाह गरिएको उनले बताए।

कार्यालयको अतिरिक्त समयमा समेत काम सम्पादन हुँदा सेवाग्राही खुशी छन् । जिल्लामा हालसम्म ४२ हजार चार सय ५९ लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान भएको जनाइएको छ । जिल्लामा पछिल्लो समय वार्षिक सरदर दुई हजार स्थानीय बासिन्दाले नागरिकता लिने गरेको अभिलेखले देखाएको छ । गत वर्ष वैवाहिक अङ्गीकृत एकजना समेत कूल दुई हजार ५४ नागरिकता प्राप्त गरेका थिए ।

जिल्लाभित्र पर्नसक्ने विपद्को उद्धार एवं राहतका पूर्वतयारी गरिएको र निर्माणाधीन विद्युत् आयोजनामा वार्ताको माध्यमबाट आइपर्ने समस्या समाधानमा सहजीकरण गर्दै आएको प्रजिअ जैसीले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : ५५ बजे

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणका लागि आईपीयूमा डाक्टर शाक्यको प्रस्तावना पारित

काठमाडौं, अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२ औं महासभाले ‘पर्वतीय तथा

यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी कारबाहीमा

काठमाडौँ- काठमाडौँको थली (मूलपानी क्रिकेट ग्राउण्ड) नजिक आज गरिएको विशेष

एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता

काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध

यूएईसँग टियू मैदानमै पराजित भयो नेपाल

काठमाडौँ- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल

कांग्रेसले कान्छराम तामाङलाई सोध्यो ३ दिने स्पष्टीकरण

काठमाडौं – नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ