पहिरोले डुम्रे-बेँशिसहर सडक अवरुद्ध, यातायात ठप्प | Khabarhub Khabarhub

पहिरोले डुम्रे-बेँशिसहर सडक अवरुद्ध, यातायात ठप्प


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ  – लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण  गएरातिदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेँसीसहर नगरपालिका-१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहित लेदो आएर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

सडकखण्ड अवरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।  पानी परिरहेकाले सडकको पहिरो पन्छाउन कठिनाइ भएको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।

गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे–बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक  पहिरोले अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : २० बजे

‘ट्राभल एडभाइजरी’ जारी गर्दै परराष्ट्रले भन्यो : इजरायल र इरानमा भ्रमण नगर्नू

काठमाडाैं – नेपाल सरकारले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा

संसदीय अभ्यास : रास्वपालाई सिकाउने कि सिक्ने ?

काठमाडौं– गत निर्वाचन (०७९) बाट नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र

सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको