कर्णालीमा फेरि बढ्न थाले कोरोना सङ्क्रमित « Khabarhub

कर्णालीमा फेरि बढ्न थाले कोरोना सङ्क्रमित


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ  । केही महिनायता स्थिर रहेको सङ्क्रमण बिस्तारै  बढ्दो क्रममा देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार दैनिक  सरदर छ/सात जनामा कोरोना सङ्क्रमण देखिएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले साउनदेखि दिनप्रतिदिन कोरोना सङ्क्रमित भेटिएको बताए। “साउनदेखि प्रत्येक दिन जसो सङ्क्रमित भेटिने गरेका छन्,” उनले भने, “पछिल्लो १५ दिनको अवधिमा प्रदेशभर ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी सुर्खेतमा देखिने गरेको छ ।” निर्देशनालयको तथ्याङ्कमा प्रदेशभर ६०भन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

कर्णालीमा अहिले पुष्टि भइरहेकामध्ये अधिकांश सङ्क्रमित सुर्खेतका छन् । यहाँ दुई सातायताको विवरण हेर्दा यहाँ ३३ प्रतिशतभन्दा माथि सङ्क्रमणदर देखिएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमण बढेसँगै एन्टिजेन परीक्षणको दायरा विस्तार गर्न जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरिएको छ ।

सङ्क्रमणदर बढे पनि परीक्षणको दायरा भने बढाइएको छैन । पिसिआर परीक्षणका लागि सुर्खेत नै पुग्नुपर्ने बाध्यता छ । वीरेन्द्रनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पिसिआर विधिबाट परीक्षण भइरहेको छ ।

एन्टिजेन विधिबाट अन्य स्वास्थ्य संस्थाहरूमा पनि परीक्षण गर्ने गरिएको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पताल, जनस्वास्थ्य सेवा कार्यालय र वीरेन्द्रनगर नगरपालिकामा पनि एन्टिजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको बताइएको छ ।

आइतबारसम्म सुर्खेतमा ३६ सक्रिय सङ्क्रमित पुगेका थिए । सङ्क्रमित सबै होम आइसोलेसनमा रहेका छन् । सङ्क्रमणको जोखिम बढ्दै गए पनि सोहीअनुसारको सतर्कता अपनाउनका लागि प्रेरित गर्न  भने सम्बन्धित निकायले ढिलाइ गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : २५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित