फिफा विश्वकप २०२६ को छनोट खेल नेपाल प्लेअफबाटै खेल्नुपर्ने « Khabarhub

फिफा विश्वकप २०२६ को छनोट खेल नेपाल प्लेअफबाटै खेल्नुपर्ने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप र एसियन कपका लागि छनोटको नयाँ ढाँचा सार्वजनिक भएको छ । उक्त ढाँचाअनुसार विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाट खेल्नुपर्ने भएको छ । एएफसीको कार्यकारी समितिले नयाँ ढाँचालाई अनुमोदन गरेपछि एएफसीले ढाँचा सार्वजनिक गरेको हो ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ । जसमा एसियाबाट ८ टोली विश्वकपमा छनोट हुनेछन् । यस्तै एसियाको एक टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नेछ । प्ले अफबाट विश्वकपमा छनोट भए एसियाबाट ९ टोलीले विश्वकप खेल्नेछ ।

नयाँ ढाँचा अनुसार विश्वकप पुग्नका लागि चार चरणको छनोट हुनेछ । पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्नेछन् । यो छनोट चरणमा नेपाल रहनेछ । पछिल्लो वरीयतामा नेपाल एसियाको वरीयताको ३६औं स्थानमा रहेको छ । नेपालले कतार विश्वकप २०२२ का लागि दोस्रो चरणबाट छनोट खेलेको थियो । प्लेअफ चरण नेपालले उच्च वरीयता रहेका कारण खेल्नुपरेको थिएन ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ११ : ०३ बजे

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न

बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती

भोजपुर– जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि ब्रेन्टफोडले सानदार जित निकालेको