ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न माग « Khabarhub

 ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न माग


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको जितपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा ट्रमा सेन्टर सञ्चालन गर्न मधेस प्रदेश सरकारसँग माग गरेको छ । सरोकार समितिका संयोजक मनोज पौडेलले विज्ञप्ति प्रकाशित गर्दै मधेस प्रदेश सरकारसँग आग्रह गरेका हुन् । 

संयोजक पौडेलले तीन वर्षदेखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट विनियोजन गर्दै आए पनि हालसम्ममा अस्पताल सञ्चालन नहुँदा बारा, पर्सा, रौतहट र राजमार्गमा यात्राको क्रममा दुर्घटना भई घाइते भएका यात्रुको उपचार पाउने अधिकारमा समेत ठेस पुर्‍याएको बताए । 

उनले चालु आर्थिक वर्षमा ट्रमा सेन्टर सञ्चालनका लागि बजेट समेत विनियोजन नहुनु दुःखद् भएको बताउँदै तत्काल आवश्यक प्रक्रिया पूरा गरि ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सरोकार समितिको तर्फबाट माग गरेका छन् । माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख  छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  २ : ३८ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज