गुरुग्राममा भाजपा नेताको गोली हानी हत्या « Khabarhub

गुरुग्राममा भाजपा नेताको गोली हानी हत्या


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेताको हत्या भएको छ । बिहीबार भारतको हरियाणा राज्यको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका हुन् ।

पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएको जनाइएको छ ।

भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ ।

त्यहाँको प्रहरीले सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ८ : ०१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको