चिनियाँ मूलका क्यानेडियन धनाढ्यलाई चीनमा १३ वर्षको जेल सजाय « Khabarhub

चिनियाँ मूलका क्यानेडियन धनाढ्यलाई चीनमा १३ वर्षको जेल सजाय


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको साङ्घाई सहरमा रहेको उच्च अदालतले चिनियाँ मूलका एकजना क्यानेडियन धनाढ्यलाई १३ वर्षको जेलसजाय सुनाएको छ ।

साङ्घाईको प्रथम उच्च अदालतले चिनियाँ मूलका क्यानेडियन धनाढ्य सियाओ जियानहुवालाई १३ वर्षको सजाय सुनाएको हो ।

यसबाहेक उनको स्वामित्वमा रहेको टुमरो होल्डिङ कम्पनीमाथि पनि ४४ अर्ब युआन अर्थात् ९ अर्ब अमेरिकी डलरको जरिवाना तिराएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

५ वर्षअघि उनी हङकङबाट बेपत्ता भएसँगै त्यहाँका धनाढ्य वर्गमा खैलाबैला मच्चिएको थियो ।

अदालतले उनी र उनको कम्पनीले ‘मुलुकको वित्तीय व्यवस्थाको गम्भीर उल्लङ्घन गरेको’ एवम् ‘राज्यको वित्तीय सुरक्षामा हानी पु¥याएको’ ठहर गरेको छ ।

हङकङबाट बेपत्ता भएको ५ वर्षभन्दा लामो समयपछि चीनले उनीमाथिको अदालती कारवाही थालेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ८ : ५६ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४