अफगानिस्तानमा बन्धक बनाइएका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष सीपीजेको माग | Khabarhub Khabarhub

अफगानिस्तानमा बन्धक बनाइएका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष सीपीजेको माग


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको न्यूयोर्कमा रहेको एक सञ्चारसम्बन्धी गैरसरकारी संस्थाले अफगानिस्तानमा तालिबानद्वारा बन्दी बनाइएका अमेरिकी पत्रकार एवम् अफगान उत्पादकलाई तत्काल रिहा गर्न माग गरेको छ ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अफगानिस्तानको राजधानी काबुलबाट तालिबानले बन्धक बनाएका अमेरिकी स्वतन्त्र पत्रकार इभोर शेरर र अफगान उत्पादक फैजुल्लाह फैजबक्शलाई रिहा गर्न माग गरेको हो ।

साथै सीपीजेले पत्रकारहरुलाई बन्धक बनाउने गतिविधिलाई पनि बन्द गर्न तालिबानसमक्ष आह्वान गरेको छ ।

उनीहरुलाई गत अगष्ट १७ मा तालिबानले नियन्त्रणमा लिएर बन्धक बनाएको थियो ।

त्यसबेला उनीहरु अमेरिकी कारवाहीमा आतंकवादी संगठन अल कायदाका नेता आयमन अल जवाहिरी मारिएको विषयमा समाचार संकलन गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ४ : ५७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र