विश्व बैंकले युक्रेनलाई ५३ करोड डलर सहयोग गर्ने « Khabarhub

विश्व बैंकले युक्रेनलाई ५३ करोड डलर सहयोग गर्ने


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्यक्ष अन्ना बजेर्डेले भनिन्, “युक्रेनमा विनाश, क्षति र विस्थापनको सङ्ख्या अनपेक्षित छ र यो अझै बढ्दै गइरहेको छ ।”

“युक्रेनी जनताको पुनरुत्थानको लागि लामो बाटो छ र विकास साझेदारहरूले युक्रेनको पुनर्निर्माणमा सहयोग गर्न एक साथ आउन जारी राख्नुपर्छ ।’ उनको भनाइ छ ।

विश्व बैंकको अनुमानअनुसार युक्रेनको पुनर्निर्माण र पुनस्र्थापनाको लागत आगामी तीन वर्षमा १०० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

युक्रेनका लागि आपतकालीन कोषका लागि करिब १३ अर्ब अमेरिकी डलर परिचालन गरिसकेको र त्यसमध्ये ११ अर्ब अमेरिकी डलर वितरण भइसकेको बैंकले जनाएको छ ।

अमेरिकी संसद कङ्ग्रेसले युक्रेनका लागि १२ अर्ब ३० करोड अमेरिकी डलरको नयाँ सहायता प्याकेज स्वीकृत गरेको छ, जसमा तीन अर्ब ७० करोड अमेरिकी डलरका सैन्य उपकरण पनि समावेश छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको नियन्त्रणमा रहेको युक्रेनका चार वटा क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेसँगै युक्रेनलाई आर्थिक सहायता प्राप्त भएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : २० बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै