एटीएम मेसिन तोडफोड गर्ने तीन जना पक्राउ « Khabarhub

एटीएम मेसिन तोडफोड गर्ने तीन जना पक्राउ


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी चोरीको प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भई ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, ललितपुर सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका१५ भानुचोकका ३५ वर्षीय अनिल राई छन् ।

कात्तिक ४ गते राति उनीहरूले उक्त बैंकको एटीएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका थिए । प्रहरीले उक्त बैंकमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा पक्राउ गरेको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए ।

उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको