दोलखाका १० केन्द्रमा आज मतदान हुँदै « Khabarhub

दोलखाका १० केन्द्रमा आज मतदान हुँदै


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान हुने भएको छ। बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः हुन लागेको हो।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन्।

आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो।

कहाँ कहाँ हुँदैछ मतदान ?
(वैतेश्वर गाउँपालिका–६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका(२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मतदान हुन लागेको हो।

त्यसैगरी आजै वैतेश्वर गाउँपालिका-३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मासमेत मतदान हुँदैछ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ६ : ३० बजे

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको

गाजामा इजरायलको कडा चेतावनी

जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो

‘अब कसैको आदेशमा कांग्रेस चल्दैन’ : अर्जुन बस्नेत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि बनेका अर्जुन बस्नेतले