स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै « Khabarhub

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै


१५ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ । पछिल्लो मतगणनाबाट कांग्रेसका उपसभापति एवं उम्मेदवार गुरुङले सात हजार नौ सय सात मतसहित अग्रता कायम राखेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्यालले पाँच हजार आठ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । उनीहरुबीच दुई हजार ४४ को मतान्तर रहेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार दुई सय २८ मत प्राप्त गरेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भीरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६ र ७ को मतगणना सकिएको छ । हालसम्म १७ हजार एक सय १५ मतगणना भएको छ । मतगणनामध्ये १६ हजार पाँच सय छ मत सदर भएको र छ सय नौ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए ।

स्याङ्जा–२ (१) प्रदेशसभामा आठ हजार सात सय १३ मतसहित कांग्रेसका उम्मेदवार भोजराज अर्यालले अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन रेग्मीले छ हजार छ सय ३६ मतसहित पछ्याइरहनुभएको छ । प्रदेशको प्रत्यक्षतर्फ हालसम्म कूल १७ हजार एक सय ४८ मत गणना हुँदा १६ हजार छ सय ७५ मत सदर भएको छ भने चार सय ७३ मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि नेपाली कांग्रेसलाई सात हजार तीन सय ७२ मत प्राप्त भएको छ भने नेकपा (एमाले) लाई पाँच हजार छ सय ४३ मत प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार सात सय २० मत प्राप्त गरेको छ । समानुपातिकतर्फ कूल १७ हजार तीन सय छ मत गणना हुँदा १६ हजार सात सय ९० मत सदर भएको छ । पाँच सय १६ मत बदर भएको छ ।

प्रदेश समानुपातिकतर्फ नेपाली कांग्रेसले आठ हजार तीन सय ६८ मत पाउँदा नेकपा (एमाले) ले छ हजार तीन सय ५९ मत प्राप्त गरेको छ । प्रदेश समानुपातिकतर्फ १७ हजार एक सय तीन मत गणना हुँदा १६ हजार तीन सय ७८ मत सदर भई ७२५ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ७ : ३५ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति