कर्णाली प्रदेशमा एचआईभी सङ्क्रमण बढ्दो « Khabarhub

कर्णाली प्रदेशमा एचआईभी सङ्क्रमण बढ्दो


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – पछिल्लो समय कर्णाली प्रदेशमा एचआइभी सङ्क्रमण बढ्दै गइरहेको छ । हाल प्रदेशभर करिब सात सय एचआईभी सङ्क्रमित रहेका छन् । पाँच जिल्लामा छ सय ९० एचआइभी सङ्क्रमित अहिले नियमित उपचारमा रहेका छन् ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार सबैभन्दा धेरै एचआइभी सङ्क्रमित सुर्खेतमा छन् भने अन्य पाँच जिल्ला जुम्ला, हुम्ला डोल्पा, मुगु र जाजरकोटमा भने एचआइभी सङ्क्रमितको सङ्ख्या थोरै देखिन्छ । सुर्खेतमा तीन सय ६२ एचआइभी सङ्क्रमित देखिँदा दैलेखमा दुई सय तीन, रुकुम–पश्चिममा ५९, कालिकोटमा ४० र सल्यानमा २६ सङ्क्रमित रहेको निर्देशनालयका सूचना अधिकारी पद्मबहादुर केसीले बताए ।

एचआइभी सङ्क्रमित नखुल्ने भएकाले सङ्ख्या योभन्दा बढी हुन सक्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी केसीले जानकारी दिए । अहिले पनि सङ्क्रमित समाजमा अपहेलित हुने डरले नखुल्ने गरेकाले सङ्क्रमण भित्रभित्रै फैलिएको उनले बताए । प्रदेशमा महिलाभन्दा पनि पुरुष एचआइभी सङ्क्रमित बढी रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ९ : १२ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक