विवादमा तानिए विक्की कौशल « Khabarhub

विवादमा तानिए विक्की कौशल


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता विक्की कौशल अभिनेत्री कटरीना कैफसँग विवाहपछि काममा फर्किएका छन् ।

उनी अहिले नयाँ फिल्म ‘लुका–छिपी २’ को सुटिङका लागि मध्यप्रदेशको इन्दौरमा छन् ।

केही दिनअघि मात्र अभिनेताको केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा आएका थिए । उनी अभिनेत्री सारा अली खानका साथ इन्दौरमा सुटिङमा छन् । फिल्मको एक दृश्यमा विक्कीले सारालाई बाइकमा राखेर सहर घुमाउनुपर्ने हुन्छ । यही दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अहिले यही दृश्यलाई लिएर विवाद सुरु भएको छ । विक्कीमाथि सुटिङका समयमा नक्कली नम्बरको गाडी प्रयोग गरेको आरोप लागेको छ । प्रहरी अधिकारीहरू र आरटीओले फिल्म निर्माताले गैरकानुनी काम गरेको दाबी गरेका छन् । यही विषयमा प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ ।
बाइकका मालिक इन्दौरका जयसिंह यादव हुन् । भिडियोमा देखिएको बाइकको नम्बर जयसिंहकै हो । जयसिंहले पनि अन्य व्यक्तिले भनेपछि मात्र आफ्नो बाइक नम्बर प्रयोग गरिएको थाहा पाएका थिए ।

उनले बाइक एरोड्रम शोरुमबाट २५ मे २०१८ मा किनेका थिए । फिल्म निर्माताले उनको एक्टिवाको नम्बर कसरी लगाए र यो नम्बरको बाइक दुर्घटनामा भएको भए को जिम्मेवार हुन्थ्यो भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले विक्की र निर्मातामाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १२ : ५४ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक