रुकुमपूर्वका १४ मजदुर हिउँमा फसे « Khabarhub

रुकुमपूर्वका १४ मजदुर हिउँमा फसे


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– रुकुमपूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन् । ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही पुस १३ र १४ गते बाक्लो हिउँ परेको र त्यहाँबाट उनीहरू बाहिर आउन नसकेका हुन् ।

वडा नम्बर २ ले बजेट विनियोजन गरेपछि घोरेटो बाटो निर्माणका लागि योजना परेको थियो । सोही घोरेटो बाटो निर्माणमा खटिएका उनीहरू बाक्लो हिउँका कारण बाहिर आउन सकेका छैनन् । वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर आइतबार मात्रै खबर आएको थियो ।

उनीहरूमध्ये १० पुरुष र चार महिला छन् । जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन पाँच दिनदेखि ओढारमा बसिरहनुभएको छ । खाने रासन पनि सकिएकाले समस्या भएको बताइएको छ । सबै जना पेल्माका बासिन्दा हुन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले आइतबार मात्रै खबर आएकाले उनीहरूको उद्धारको पहल भइरहेको जानकारी दिए । हिउँमा फसेका मजदुरको उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकप्टर पठाउन आग्रह गरिएको प्रजिअ बाँस्कोटाले बताए । उनीहरू रहेको ठाउँको पहिचान गरी उद्धार गर्ने तयारी गरिएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ११ : ०६ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र