रंगशालामै पुगेर खेल हेरेका खेलकुद मन्त्रीले खेलाडीलाई दिए बधाई, मुख्य प्रशिक्षकको प्रशंसा « Khabarhub

रंगशालामै पुगेर खेल हेरेका खेलकुद मन्त्रीले खेलाडीलाई दिए बधाई, मुख्य प्रशिक्षकको प्रशंसा


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बधाई दिएका छन् ।

अफ्रिकी देश मरिसससँगको मैत्रिपूर्ण खेलमा दोस्रो जित हासिल गरेको नेपाली टिमलाई मन्त्री अथकले बधाई दिएका हुन् ।

दशरथ रंगशालामा मंगलबार बेलुका भएको दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोलले पराजित गरेको थियो । यसअघि गत शनिबार भएको पहिलो खेलमा समेत नेपाल बिजयी भएको थियो ।

अफ्रिकन देशसँग पहिलो पटक भएका दुबै मैत्रिपूर्ण खेल हेर्न मन्त्री अथक स्वयं रंगशालामा उपस्थित थिए। रंगशालामा उपस्थित भई प्रत्यक्ष खेल हेरेका मन्त्री अथकले नेपाली खेलाडीहरुको खेलबाट आफु प्रभावित भएको प्रतिक्रिया दिए ।

प्रतियोगिता समयभरी निकै उत्साहित देखिएका मन्त्री अथकले नेपाली खेलाडीहरुले स्तरीय खेल प्रदर्शन गरेको भन्दै खुसी समेत ब्यक्त गरेका छन्।

उनले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरे । साथै पहिलो पटक मैत्रिपूर्ण खेलकालागि नेपाल आएको मरिससको टिमलाई पनि मन्त्री अथकले धन्यवाद दिए।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : १४ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ