सर्प उद्दारकर्तालाई नै कोब्राले टोकेपछि … « Khabarhub

सर्प उद्दारकर्तालाई नै कोब्राले टोकेपछि …


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा सर्पको उद्दार गर्ने काममा ख्याति कमाएका एक व्यक्ति सर्पकै टोकाइबाट गम्भीर घाइते भएका छन् । १० फिट लामो किङ कोब्राको उद्दार गर्ने क्रममा त्यसले टोक्दा उनको अवस्था गम्भीर भएको हो ।

केरलाका ४८ वर्षीय भाभा सुरेशलाई तमिल नाडुमा कोब्राको उद्दार गर्ने क्रममा सोही कोब्राले तिघ्रामा टोकेको थियो । एक स्थानीयले सार्वजनिक गरेको एउटा भिडियोमा कोब्रालाई बोरामा राख्ने क्रममा सुरेशको दायाँ तिघ्रामा टोकेको देखिन्छ ।

टोकाइका बाबजुद उनले हतारमा कोब्रालाई बोराभित्र राख्छन् । तर, केही बेरमै उनी अचेत भएर भुइँमा ढल्छन् । तत्कालै अस्पताल भर्ना गरिएको उनको अहिले आईसीयूमा उपचार भइरहेको छ । सुरुमा कोटायामको मेडिलकल कलेजमा भर्ना गरिएका उनको मुटुले २० प्रतिशत मात्र काम गरेपछि थप उपचारका लागि अर्को अस्पताल लगिएको छ ।

उनको अचेत अवस्थामा आईसीयूमा उपचार भइरहेको हिन्दूस्तान टाइम्सले जनाएको छ । सर्पको उद्दार गर्ने दुई दशक लामो पेसामा आफूले हजारौं सर्पको उद्दार गरेको र सयौं पटक सर्पले टोकेको उनले बताएका थिए । सोमबार कोब्राको उद्दार गर्न जानुअघि उनी सर्पको टोकाइका कारण अस्पतालमा उपचार गरेर फर्किएका थिए ।

कुरिचवाईको एउटा परिवारले गोठनजिक सर्पदेखेपछि उद्दार गर्न सुरेशलाई खबर गरेका थिए । यसअघि सन् २००५ मा पनि कोब्राले टोक्दा सुरेशको चोर औंला गुमाएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : ४५ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान