सर्प उद्दारकर्तालाई नै कोब्राले टोकेपछि … « Khabarhub

सर्प उद्दारकर्तालाई नै कोब्राले टोकेपछि …


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा सर्पको उद्दार गर्ने काममा ख्याति कमाएका एक व्यक्ति सर्पकै टोकाइबाट गम्भीर घाइते भएका छन् । १० फिट लामो किङ कोब्राको उद्दार गर्ने क्रममा त्यसले टोक्दा उनको अवस्था गम्भीर भएको हो ।

केरलाका ४८ वर्षीय भाभा सुरेशलाई तमिल नाडुमा कोब्राको उद्दार गर्ने क्रममा सोही कोब्राले तिघ्रामा टोकेको थियो । एक स्थानीयले सार्वजनिक गरेको एउटा भिडियोमा कोब्रालाई बोरामा राख्ने क्रममा सुरेशको दायाँ तिघ्रामा टोकेको देखिन्छ ।

टोकाइका बाबजुद उनले हतारमा कोब्रालाई बोराभित्र राख्छन् । तर, केही बेरमै उनी अचेत भएर भुइँमा ढल्छन् । तत्कालै अस्पताल भर्ना गरिएको उनको अहिले आईसीयूमा उपचार भइरहेको छ । सुरुमा कोटायामको मेडिलकल कलेजमा भर्ना गरिएका उनको मुटुले २० प्रतिशत मात्र काम गरेपछि थप उपचारका लागि अर्को अस्पताल लगिएको छ ।

उनको अचेत अवस्थामा आईसीयूमा उपचार भइरहेको हिन्दूस्तान टाइम्सले जनाएको छ । सर्पको उद्दार गर्ने दुई दशक लामो पेसामा आफूले हजारौं सर्पको उद्दार गरेको र सयौं पटक सर्पले टोकेको उनले बताएका थिए । सोमबार कोब्राको उद्दार गर्न जानुअघि उनी सर्पको टोकाइका कारण अस्पतालमा उपचार गरेर फर्किएका थिए ।

कुरिचवाईको एउटा परिवारले गोठनजिक सर्पदेखेपछि उद्दार गर्न सुरेशलाई खबर गरेका थिए । यसअघि सन् २००५ मा पनि कोब्राले टोक्दा सुरेशको चोर औंला गुमाएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : ४५ बजे

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी