सदस्यसचिवको विषयमा तीन संघले शान्तिपूर्ण आन्दोलन गर्ने « Khabarhub

सदस्यसचिवको विषयमा तीन संघले शान्तिपूर्ण आन्दोलन गर्ने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले सदस्यसचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् ।

सदस्यसचिवको विचाराधिन मुद्दामा छिटो भन्दा छिटो सुनुवाइ गर्न दबाब बढाउन भन्दै बिहीबार संयुक्तरूपमा शान्तिपूर्ण आन्दोलन गर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।

विज्ञप्तिमा एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यष दिपक विष्ट र राखेप कर्मचारी संघबाट रंजन थापाले हस्ताक्षर गरेका छन् ।

सरकारले तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ती खारेजीको माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

२८ माघमा सर्वोच्चले यस विषयमा सुनुवाइको पेशी तोकेको छ । राखेपमा सदस्यसचिव नहुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुद, नवौं राष्ट्रिय खेलकुद, १४औं दक्षिण एसियाली खेलकुद (साग) का साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित भएको विज्ञप्तिमा बताइएको छ ।

यस विषयमा छिटो निकास निस्किएमा खेलकुद गतिविधि पुनः चलायमान बनाउन सकिने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको एनएनआइपीए, नेपाल ओलम्पियन संघ र राखेप कर्मचारी संघले संयुक्तरूपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ५० बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध