जनमत पार्टीद्वारा मसाल जुलुस, भोलि हाई–वेमा टेन्ट राख्ने « Khabarhub

जनमत पार्टीद्वारा मसाल जुलुस, भोलि हाई–वेमा टेन्ट राख्ने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले बुधबार मसाल जुलुस निकालेको छ ।

मुख्य राजमार्गमा चक्काजाम गर्ने कार्यक्रमको पूर्वसन्ध्यामा जनमत पार्टीका कार्यकर्ताहरूले विभिन्न जिल्लामा मसाल जुलुस निकालेका हुन् । उनीहरूले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएका छन् ।

किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

जनमत पार्टीले बिहीबार हाई–वेमा टेन्ट लगाएर बस्ने र खाना बनाउने घोषणा गरिसकेको छ ।

जनमतले एक महिनाभन्दा बढी समयदेखि किसान आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : १९ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा