खप्तड गोल्डकप फागुन तेस्रो सातादेखि « Khabarhub

खप्तड गोल्डकप फागुन तेस्रो सातादेखि


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण फागुन तेस्रो साताबाट सुरुहुने भएको छ । आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने भएपछि यसवर्ष प्रतियोगिताको नामकरण ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ।

दुई विदेशीसहित १० टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

धनगढी रंगशालामा हुने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २०-२० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०-१० हजार पुरस्कार प्रदान गरिनेछ ।

फिफा र एन्फाको नियमअनुसार हुने प्रतियोगिता आयोजनामा एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितालाई दैनिक पाँच हजार दर्शकले प्रत्यक्ष तथा ५० लाख बढीले अप्रत्यक्ष रूपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दाबी गरेको छ ।

गतवर्षको उपाधि आयोजक सुदूरपश्चिम एघारले जितेको थियो भने थ्रीस्टार क्लब उपविजेता रहेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ५० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी