काठमाडौं – कृषि विकास बैंकले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीको सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
पुस १५ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हकमा सम्बन्धित हितग्राही खातामा नै जम्मा गरिदिएको बैंकले जनाएको छ । भने तोकिएको मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा भने क्रमशः बोनस शेयर जम्मा हुने बैंकले जनाएको छ ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीको हकमा भन् शेयर अभौतिकीकरण पछि मात्र हितग्राही खातामा नै प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दियो ।
प्रतिक्रिया