निःशुल्क शल्यक्रियासमेत गर्दैनन् ‘हाइड्रोसिल’का बिरामीहरु « Khabarhub

निःशुल्क शल्यक्रियासमेत गर्दैनन् ‘हाइड्रोसिल’का बिरामीहरु


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– सामान्यतया पुरुषको अण्डकोष सुन्निने रोग हो हाइड्रोसिल तर हाइड्रोसिलका कारण हात्तीपाइले रोगको सङ्क्रमण पनि हो । हात्तीपाइलेका कारण ८० प्रतिशतमा हाइड्रोसिल हुन सक्ने स्वास्थ्यकर्मी बताउँदै आएका छन् । 

बागलुङमा सरकारले चाहेको समयमा हात्तीपाइले निवारण हुन सकेको छैन, त्यसैले हाइड्रोसिलका विरामीहरु बढिरहेका छन् । हात्तिपाइलेका कारण हाइड्रोसिलका बिरामीसमेत बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

अण्डकोषमा पानी भरिने समस्यालाई मेडिकल भाषामा हाइड्रोसिल भनिन्छ । कसैकसैलाई यसले लामो समय दुःख दिने गरेको हुन्छ । लाज शरमका कारण यस्ता अङ्गमा लागेको रोग लुकाएर राख्दा वा उपचार पद्धतिबारे थाहा नहुँदा हाइड्रोसिलको समस्या जिल्लामा झनै बढेर गएको पाइएको छ । 

स्वास्थ्य कार्यालयले यही फागुन २८ गतेदेखि १३ औँ चरणको हात्तीपाइले विरुद्धको आम औषधि सेवन सञ्चालन गर्ने भएको छ । तर ६ वर्षमा निवारण हुने हात्तीपाइले १३ वर्षमा समेत निवारण हुन सकेको छैन । 

 जिल्लामा हात्तीपाइले निवारण गर्नका लागि हाइड्रोसिलको शल्यक्रियासमेत गर्न आवश्यक भए पनि हाइड्रोसिल भएका बिरामीले शल्यक्रिया गर्नै नमान्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज  गुरौले जानकारी दिए । 

जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा अहिले १६२ जना हाइड्रोसिलका बिरामी रहेको भए पनि अहिलेसम्म नौजनाको मात्रै शल्यक्रिया भएको छ । “जिल्लामा हात्तिपाइलेको निवारण हुन सकेको छैन, हात्तीपाइले मुख्य लक्षण भनेको खुट्टा र अण्डकोष सुन्निने हुन्छ, खुट्टाको कुनै उपचार छैन तर अण्डकोषको शल्यक्रिया गर्न सकिन्छ,” उनले भने, “चेतनाको अभावमा निःशुल्क शल्यक्रिया हुने हाइड्रोसिलका विरामीहरुले शल्यक्रिया गर्न नमानेको अवस्था जिल्लामा विद्यमान छ ।”

 स्वास्थ्य कार्यालयले गत आर्थिक वर्षमा जम्मा सातजनाको हाइड्रोसिलको शल्यक्रियाका लागि सिफारिस गरेको थियो भने अहिले जम्मा नौजनालाई सिफारिस गरिएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिइन् । हाइड्रोसिलको उपचार भनेको शल्यक्रिया नै भए पनि नागरिकले हाइड्रोसिललाई लुकाएर राखेको स्वास्थ्य कार्यालयको भनाइ छ । हाइड्रोसिलको उपचार निःशुल्क हुने भए पनि यातायात खर्चको अभावमा समेत कतिपय हाइड्रोसिलका बिरामी शल्यक्रियाका लागि नआउने गरेको समेत पाइएको छ । हात्तीपाइले कारण हाइड्रोसिल भएको छ भने हात्तीपाइलेको  सङ्क्रमण अन्यलाई समेत सार्न सक्ने भएकाले शल्यक्रियाबाट  उपचार गर्नुपर्ने स्वास्थ्य कार्यालयको भनाई छ । 

आम औषधि सेवनमा बेवास्ता गर्दा जिल्लाको नारायणस्थान र कुस्मीसेरामा हात्तीपाइले  प्रकोप अझै रहेका कारण सिङ्गो जिल्लाले हात्तीपाइले विरुद्धको औषधि १३ पटकसम्म खाने अवस्था रहेको छ । क्युलेस जातको लामखुट्टेबाट सर्ने हात्तीपाइले नेपालको १० जिल्लामा मात्रै निवारण हुन सकेको छैन । हर्निया नभएको अवस्थामा पनि हाइड्रोसिल हुन सक्छ । कतिपय अवस्थामा भने हर्नियाका कारणले पनि हाइड्रोसिल हुने गरेको चिकित्सकले जनाएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : ३१ बजे

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित