धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउने सरोकारबालाको प्रतिबद्धता « Khabarhub

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउने सरोकारबालाको प्रतिबद्धता


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा बचाउन आ–आफ्नो ठाउँबाट पहल गर्ने सरोकारबालाहरूले बताएका छन् ।

बुधबार बसेको बैठकमा सहभागी सरोकारबालाहरूले क्याम्पसको जग्गा बचाउन पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा उनीहरूले अदालतमा विचाराधीन मुद्दाका विषयमा बलियो कानुनी प्रतिरक्षा गर्ने र सार्वजनिक सम्पति जोगाउने बताएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पसको जग्गाको मोहियानीसम्बन्धी विवाद र क्याम्पसबाट भएको प्रयासहरूको विषयमा पनि छलफल गरिएको थियो ।

बैठकमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेशसभा सदस्यहरू, धरानका मेयर, उपमेयर, महेन्द्र बहुमुखी क्याम्पस जग्गा बचाउ समितिका संयोजक, क्याम्पस प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सहभागी थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : २९ बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर