यी हुन् प्रधानमन्‍त्री देउवा र मोदीले संयुक्त उद्घाटन गरेका परियोजनाहरु « Khabarhub

यी हुन् प्रधानमन्‍त्री देउवा र मोदीले संयुक्त उद्घाटन गरेका परियोजनाहरु


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको तीन दिने औपचारीक भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले विभिन्न परियोजनाको संयुक्त उद्घाटन गरेका छन्। भारतको राजधानी नया दिल्लीस्थित हैदरावाद हाउसमा देउवा र मोदीले नेपाल भारत रेल, सोलु करिडोर प्रसारण लाइन, १ सय ३० भन्दा बढी स्वास्थचौकीहरु, ‘रुपे’ डिजिटल कार्डको संयुक्त उद्घाटन गरेका हुन्।

प्रधानमनत्री देउवा र मोदीले हरियो झन्डा देखाउँदै रेलको उद्घाटन गरेसँगै जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको थियो। अब रेल नियमित रूपमा संचालन हुने जनाइएको छ।

त्यस्तै प्रधानमन्त्री देउवा र मोदीले १३२ केभीको ९० किलोमिटर लामो सोलु करिडोरको प्रसारण लाइनको पनि संयुक्त उद्घाटन गरे। त्यसैगरी प्रधानमन्त्रीद्धयले भारतीय सहायतामा निर्माण भएका १ सय ३० भन्दा बढी नेपालका स्वास्थचौकहीहरूको पनि संयुक्त उद्घाटन गरे।

दुबै प्रधानमन्त्रीले संयुक्त रुपमा भारत सरकारले हालै प्रयोगमा ल्याएको डिजिटल भुक्तानी गर्ने ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको पनि शुभारम्भ गरे।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  २ : ३१ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा