नेपालका चिया उद्यमीलाई चिनियाँ कलेजको तालिम « Khabarhub

नेपालका चिया उद्यमीलाई चिनियाँ कलेजको तालिम


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा चिया खेती र चिया उद्योग विकासको लागि चीनको कलेजले नेपाली चिया उद्योगीलाई तालिम दिएको छ ।

चीनको सिन्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले अनलाइनमार्फत तालिम गराएको हो ।

१९ दिनसम्म चलेको तालिममा नेपालका विभिन्न जिल्लाका चिया उद्यमी सहभागी थिए । अनलाइन मार्फत तालिममा सहभागी उद्यमीलाई शनिबार ‘टी मास्टर’ को प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रमाणपत्र वितरण कार्यक्रममा सहभागीले चिनियाँ कलेजले दिएको तालिम चियाको विकासमा फलदायी हुने अपेक्षा गरे । कार्यक्रममा सूर्योदय टी एसोसिएसनका गोपाल कट्टेल, चिया तथा कफी विकास बोर्डका प्रेम विष्ट, इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा। योगेन्द्रमान श्रेष्ठ, इटालीबाट प्रोफेसर लिभियो जनेनी, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । सिन्जाओ कलेजका प्रोफेसर डिन चाई सिवेन र अध्यक्ष लिको भिडियो म्यासेज स्क्रिनमा देखाइएको थियो ।

विदेशी अतिथिले जुममार्फत कार्यक्रममा सहभागी भएका थिए । तालिम बीआरआई परियोजना अन्तर्गत आयोजना भएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ०५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक