‘के गाउँ के सहर, सबैतिर राप्रपाकै लहर’ : अध्यक्ष लिङ्देन « Khabarhub

‘के गाउँ के सहर, सबैतिर राप्रपाकै लहर’ : अध्यक्ष लिङ्देन


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन् । मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर ।’ मोरङको रतुमाईमास्थित दाम्रा भिट्टामा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप लगाएका छन् । यी दललाई निर्वाचनमा विजयी बनाएर देश बन्छ भन्दा पश्चतापबाहेक केही हात नपर्ने उनले बताए ।

कांग्रेस, एमाले र माओवादीले पटकपटक देश विकासको नेतृत्व गर्ने अवसर पाए । तर उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ। अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौती समेत दिएका छन्।

उनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्‍याउनु देशलाई थप बर बादीको दिशातर्फ धकेल्ने काम हुने बताए। उनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरे । उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भए देश बन्छ रु भनेर प्रश्न समेत गरेका थिए ।

उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए ।

शक्ति राष्ट्र नेपालमा रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको लिङ्देनले बताए । नेपाललाई रणनीतिक प्रतिस्पर्धा बनाइएको उनको भनाइ छ ।

नेता लिङ्देनले अब आउने चुनाव नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताए । जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे। आउँदो वर्ष हुने तीनै तहको चुनाव सोचेर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : ५५ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन