पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन « Khabarhub

पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्।

आपूर्ति सचिव डा। गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई आज टेलिफोन गरेर उनले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनपर्ने बताएका थिए। व्यवसायीहरूले पेट्रलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न खाणले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए।

व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि भाडा पनि बढाउनुपर्ने, डिजेल पेट्रोल बोक्ने टयांकरको भाडा बढाउनुपर्ने लगायतका माग राखेर पेट्रोलियम पदार्थ विक्रि वितरण नगर्ने चेतावनी दिइरहेका छन्।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : ३१ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा