आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई हटाइयो: अध्यक्ष ओली « Khabarhub

आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई हटाइयो: अध्यक्ष ओली


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएको परिणाम एमालेलाई सत्ताच्यूत गरिएको बताएका छन् ।

नेकपा एमाले खोटाङले शनिबार दिक्तेलमा गरेको सभामा अध्यक्ष ओलीले ‘हामी आफै विकास गर्न सक्छौँ’ भन्ने राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै परिणाम विरोधीले एमालेलाई सरकारबाट हटाएको बताएका हुन् ।

वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔँदेखि विकासको नयाँ लहर ल्याएको देखेर एमालेले सँधै सरकार चलाउने र आफू सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका विरोधीले जालझेल र षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पुर्‍याएको अध्यक्ष ओलीको भनाइ थियो ।

‘एमालेको नेतृत्वमा विकासको नयाँ लहर सुरु भयो । पुःननिर्माणको लहर सुरु गर्‍यो । हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सँधै गरिब हुने देश होइन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमविश्वास अगाडि बढायौँ,’ अध्यक्ष ओलीले भने, ‘तर विरोधीहरू आत्तिए । एमालेले सँधै सरकार बनाउने भो, सँधै एमालेले सत्ता चलाउने भो, उनीहरू आउन नपाउने भए भनेर आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई सरकारबाट हटाएको हो ।’

उपाध्यक्ष रामबहादुर थापा बादललाई लिएर खोटाङ पुगेका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दाबी गरे । उनले केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभई थप सुदृढ भएको बताए । ‘२०५४ सालमा एमाले फुटाइयो तर एमाले जस्ताको तस्तै । पछि पनि पार्टी फुटाइयो, एमाले जस्ताको तस्तै रह्यो,’ ओलीले भने, ‘एमालेबाट केही मान्छे अन्त लागेका भए पनि एमाले जस्ताको तस्तै मात्र होइन अझ सुदृढ भएर अगाडि बढेको छ, बढ्ने छ । देशभरि अरु पार्टीमा रहेका कार्यकर्ता एमालेमा आइरहेका छन् ।’

ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनका लागि आगामी ३० वैशाखको स्थानीय तहको निर्वाचनमा एमालेलाई दुईतिहाइ बढी स्थानमा जिताउनका लागि आग्रह गरेका छन् ।

दिक्तेलको सभालाई सम्बोधन गर्नुअगाडि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसँग हलेसी दर्शन गरेका थिए । दर्शन लगत्तै हलेसीमै आयोजना गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक उडाउने नेताको परिणाम राम्रो नआउने बताएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ०९ बजे

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने